×

मुजफ्फरपुर । भारतीय प्रधानमन्त्रीद्धारा मन्त्रिमन्डको विस्तार पछि सिमावर्ती क्षेत्रका जनताले विभिन्न प्रकारले खुसियाली व्यक्त गरेका छन । अखंड भारत पुरोहित महासभा मुजफ्फरपुरले प्रधानमंत्री  नरेन्द्र मोदीको मंत्रिमंडलको शपथ ग्रहण पछि  बधाई समारोहको  आयोजन धन्यवाद ज्ञापन गरेको छ ।

मुजफ्फरपुरमा रहेको मां खंडेश्वरी दुर्गा मंदिर ब्रह्मपुरा थाना चौक स्थित  प्रधान पुजारी आचार्य रणजीत मिश्राको अध्यक्षमा आयोजित  बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा अखंड भारत पुरोहित महासभाले पूजा–अर्चना गर्दै  अबीर गुलाल लगाएर खुसियाली व्यक्त गरेको छ ।

महासभाका संस्थापक  पंडित हरिशंकर पाठकले सांसद सतीशचन्द्र दूबेलाई मंन्त्री बनाएर प्रधानमंत्री मोदीले पुरोहित समाजलाई  सम्मान दिएको बताउनु भयो ।

सांसद सतीशचन्द्र दुबे सनातन समाजको संरक्षक र स्थानिय जनप्रमी सहयोगी नेता भएको उनको भनाइ थियो ।। पीएम मोदीको ‘सबैको साथ - सबैको विकास’मुलभुत मन्त्र अनुसारको सवै क्षेत्र र जातको प्रतिनित्व बर्तमान मन्त्रीमन्डमा भएकोमा खुसि व्यक्त गरिएको थियो । पंन्डित पाठकले दुवेको प्रतिनित्वले बिहारको सिमावर्ती क्षेत्रलगायत चम्पारण तथा मुजप्फरपुरले  विकासको गति लिने विश्वास व्यक्त गर्नुभयो ।

पंडित सतीशचन्द्र दूबे र मुजफ्फरपुरका सांसद राजभूषण चौधरीको  केन्द्रीय मंत्रीमन्डलमा पाएको सहभागीता प्रति चाणक्य विद्यापति सोसाइटीले समेत धन्यवाद व्यक्त गरेको छ ।

सोसाइटिका राष्ट्रीय अध्यक्ष  बाबा गरीबनाथ मंदिरका  प्रधान पुजारी पंन्डित विनय पाठक, उत्तर बिहार विद्वत परिषदका अध्यक्ष आध्यात्मिक गुरु पंन्डित कमलापति त्रिपाठी प्रमोद, बाबा विश्वेश्वर नाथ मंदिरका संस्थापक अधिवक्ता अरुण पांडेय , भाजपा नेता केशव चौबे, वरीय पत्रकार अमरेंद्र तिवारी, छात्र हमका प्रदेश अध्यक्ष संकेत मिश्रा, जनता दल यूका युवा नेता कुंन्दन शांडिल्य लगायतका व्यक्तिहरुले  बधाई व्यक्त गरेका छन ।

साथै महासभा संस्थापक पंडित  हरिशंकरले आउने समयमा मंत्री सतीशचन्द्र दूबे,  सीतामढीका सांसद  देवशचन्द्र ठाकुर, दरभंगाका सांसद गोपाल जी ठाकुर, बिहार सरकारका मंन्त्री नीतीश मिश्रा, मन्ंत्री मंगल पांडेयलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिने बताउनु भयो ।

 

Back to top