×

गर्मी मौसममा छतमा राखिएको ट्याङ्की एकदमै धेरै तातिने गर्छ, जसले गर्दा त्यसको पानी पनि गिजर वा हिटरले तताएको भन्दा तातो आउने गर्छ ।

मानिसलाई यो पानी प्रयोग गर्नुपर्ने हुन्छ किनकी दिउँसो वा साँझमा पानी प्रयोग गर्दा यसको विकल्प हुँदैन । तर, यस्तो पानीले शरीरमा भने विभिन्न प्रकारको नोक्सान पुर्याउने गर्छ । यस्तो पानीले नुहाउँदा हुने नोक्सानका बारेमा जानौं-

यदी तपाईं ट्याङ्कीमा तातिएको पानीले नुहाउनुहुन्छ भने तपाईंको कपाललाई यसले गम्भीर क्षति पुर्याउन सक्छ । यसले कपाल झर्न थाल्छ र जराहरू पनि कमजोर हुन्छन् ।

ट्याङ्कीमा तातिएको पानीले अनुहार धुँदा छालामा पिग्मेन्टेशनको समस्या सामना गर्नुपर्ने हुन सक्छ । यो पानीले छाला पोल्न थाल्छ र अन्य कैयौं समस्या पनि आउन सक्छ ।

यदी तपाईंको कानमा ट्याङ्कीको तातो पानी पस्यो भने यसले कानमा जम्मा भएको कानेगुजी पग्लिएर फैलिन सक्छ । जसले गर्दा कान दुख्नुका साथै अन्य समस्या पनि हुन सक्छन् ।

यस्तो तातो पानीले गर्मीमा नुहाउँदा शरीरको तापक्रम पनि असन्तुलित हुन सक्छ । जसले गर्दा स्वास्थ्य खराब पनि हुन सक्छ ।

त्यसैले यस्तो पानी साँझमा अली चिसो भएपछि मात्र प्रयोग गर्नुहोस् । तपाईं नुहाउनका लागि बिहानको समय रोज्न सक्नुहुन्छ । साथमा घरको कामहरू पनि बिहानको समयमा नै गर्नुहोस् जसले गर्दा दिउँसो तातो पानी प्रयोग गर्नुपर्दैन ।

Back to top