×

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् । उनीहरूले सार्वजनिक रूपमा एकअर्काको प्रेम नस्विकारे पनि उनीहरूले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन् ।

अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ की अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाइ तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् । उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।

सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्बिर राख्दै जन्मदिनको शुभकामना दिएका थिए ।

Back to top