×

 बेल गर्मीमा पाइने एउटा औषधिय गुण भएको फल हो । जसलाई धेरै पहिलेदेखि नै मानिसहरुले सेवन गर्दै आइरहेका छन् । यसमा हुने पोषक तत्वहरु हाम्रो शरीरका लागि एकदमै लाभदायक छन् । आउनुहोस् जानौं यसको बारेमा विस्तारमा-

  • गर्मीमा बेलको शर्वत पिउँदा हिट स्ट्रोकको खतरा कम हुन्छ । यसको सेवनले घामबाट हुने समस्याबाट बच्न सकिन्छ ।
  •  
  • बेलमा फाइबर हुन्छ, जसकारणले गर्दा यसको सेवनले कब्जियतको समस्या कम हुन्छ । साथमा पाचनसम्बन्धित अन्य समस्याहरु पनि कम हुन्छन् ।
  •  
  • बेलमा राइबोफ्लेविन र थायमिन जस्ता तत्व हुन्छन्, जो किड्नीका लागि फाइदाजनक हुन्छन् । यसको सेवनले किड्नी स्वस्थ बन्छ ।
  •  
  • पोषणले भरपूर बेल र बेलको शर्वतको सेवन गर्नाले अल्सर र कब्जियतको समस्याबाट राहत पाउन सकिन्छ । यसको सेवनले पेट दुख्ने अपच आदि समस्याबाट पनि आराम हुन्छ ।
  •  
  • बेलको शर्वत पिउँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । गर्मीमा एकदमै शरीर गलिरहेको तथा थकान महसुस भइरहन्छ भने यसको सेवन अवश्य गर्नुहोस् ।
  •  
  • बेलको सेवन गर्दा रगत सफा पनि हुन्छ । साथमा यसले छालासँग जोडिएका समस्या पनि कम हुन्छन् । गर्मीमा पाइने यो फल तपाईं पनि अवश्य खानुहोस् ।
Back to top