×

बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् । 

वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झन्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए ।

हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरूका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । 

पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए । त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।

गोरेगाउँकी ती महिलासाग सन् २०२२ मा कृष्णा शर्मा नामका एक ठगले ८२ दशमलव ७५ लाख रुपैयाँ असुलेका थिए । २९ वर्षे ठगकृष्णाले आफ्नो कथित फिल्म ‘लभ इन लन्डन’मा लगानी गरेमा आफूले कार्तिक आर्यनलाई भेटाइने भन्दै झुटो आश्वासन ती महिलालाई  दिएका थिए ।

प्रहरीका अनुसार कृष्णाविरुद्ध अम्बोली, वकोला, मुम्बई हवाई अड्डा, दिल्लीको कोनोट प्लेस र चेन्नईको ई ३ तेनाम्पेटको प्रहरी थानामा कैयौँ धोखाधडीको मुद्धा छन् । प्रहरीमा उनी विरुद्ध परेको उजुरीमा सन् २०२२ देखि जुलाई २०२३ बिच उनले किस्तामा ८२ दशमलव २५ लाख रुपैयाँ प्रोडक्सनलाई आवश्यक भन्दै असुलेका थिए ।कृष्णाविरुद्ध प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

अभिनेता आर्यनको यही जून १४ मा फिल्म ‘चन्दु च्याम्पियन’ रिलिज हुँदै छ । फिल्मलाई लिएर उनका फ्यान उत्साहित छन् ।

Back to top