×

वीरगञ्ज । मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।

शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहसहित मन्त्रीहरूको शपथ ग्रहणसँगै शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरू पारित गर्दै थप एक निर्णय गरेको हो मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।

 

Back to top