×

वीरगञ्ज । वीरगञ्जका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जगत दीपले रोबोटिक शल्यक्रियाको प्रशिक्षण लिएका छन् । उनले चीनमा गएर प्रशिक्षण लिएका हुन् ।

वीरगञ्जको विर्तास्थित वीरगञ्ज ओम हस्पिटल प्रा.ली.का प्रबन्ध निर्देशकसमेत रहेका डा. जगतदीपले रोबोटबाट पनि शल्यक्रिया गर्न सकिने बताए । उनले यसअघि ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका थिए । पेट चिरेर गरिने शल्यक्रियालाई विस्थापित गर्दै उनले दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्दै आएका छन् । 

डा. जगतदीपकाअनुसार पेटमा एउटै प्वाल बनाएर त्यसबाटै आवश्यक उपकरण पेटमा छिराई शल्यक्रिया गर्ने प्रविधिको पनि विकसित रुप रोबोटिक सर्जरी हो । जसलाई विश्वको नविनतम् उपचारको विधि पनि मानिन्छ । 

चिनमा आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकहरुको वैज्ञानिक सम्मेलनका अवसरमा उनले वीरगञ्जमा आफुले गरीरहेका कामको बारेमा पनि प्रस्तुती दिएका थिए । तीन वर्षको अवधिमा दुर्बिन पद्धतीमार्फत ६ सय भन्दा धेरै शल्यक्रिया गर्न सफल भएको र २ हजार बढीलाई निःशुल्क परामर्श सेवा उपलब्ध गराएको पनि उनले जानकारी दिए । डा. जगतदीपको प्रस्तुतीबाट प्रभावित भएर आयोजकले सिंगल पोर्टबाट शल्यक्रिया गर्ने उपकरण पनि उपहारस्वरुप प्रदान गरेको छ । 

Back to top