×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तराई मधेशमा बढ्दै गएको गर्मीका कारण जनजीवन प्रभावित भएको भन्दै महानगरपालिका मातहतका सबै शैक्षिक संस्था तीन दिनका लगि बन्द गरिएको हो । 

बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । 

महानगर प्रमुख राजेशमान सिंहको उपस्थितीमा सोमवार बसेको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए । 

मंगलबार जेष्ठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा परेकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयहररु बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
 

Back to top