×

कयौंपटक हामीले मानिसका बीचमा बसेर पनि एक्लोपन महसुस गरिरहेका हुन्छौं । यसको धेरै जसो कारण उदासी, थकान, असफलता पनि हुन सक्छ । यस्तो पुरुषको तुलनामा महिलामा धेरै देख्न पाइन्छ । किनकी धेरैजसो महिलाहरु घरपरिवारका लागि कामकाज छोडेर बसेका हुन्छन् ।

जसले गर्दा लामो समय घरकै काममा उल्झिरहँदा त्यस्तो समस्या आउने गर्छ । मानसिक स्वास्थ्यका लागि महिलाहरुले त्यस्तो एक्लोपनबाट बाहिर आउन एकदमै जरुरी हुन्छ । त्यसका लागि बिहान उठेर दैनिक रुपमा हिँड्डुल गर्ने र योग कक्षाहरु लिन सकिन्छ ।

यदी तपाईंमा कुनै हिनताबोध वा अन्य केही भावना आइरहेको छ भने कोही दुःखीगरीबको सहयोग गर्नुहोस् । आवश्यक परेकालाई सहयोग गर्दा तपाईंको मन हल्का हुनेछ ।

तपाईं कुनै प्रकारको आफूलाई मनपर्ने खालको तालिमहरु लिन सक्नुहुन्छ । नृत्य, सिलाई, बुनाई आदि क्रियाकलाप सिक्दै तपाईं नयाँ साथीहरु पनि बनाउन सक्नुहुन्छ ।

सुत्नुअघि मोबाइल हेर्नुको साटो कुनै किताब पढ्नुहोस् । किताबलाई साथी बनाउँदा पनि तपाईंलाई धेरै सकारात्मक अनुभूति हुनेछ । मानसिक स्वास्थ्यका लागि आफ्नो हेरचाज गर्नु पनि एकदमै जरुरी हुन्छ ।

आफ्नो छालाको सुरक्षा तथा सुन्दरताका लागि पनि केही समय निकाल्नुहोस् । सधैं आफूलाई विशेष ठान्नुहोस् र अरुसँग आफ्नो तुलना कहिल्यै पनि नगर्नुहोस् । आफू जे छ त्यसमा खुशी हुन सिक्नुहोस् ।

Back to top