×

गत वर्षको अन्त्यतिर हलमा आएको दक्षिण भारतीय सुपरस्टार प्रभासको एक्सन फिल्म ‘सालार पार्ट १ः सीजफायर’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । फिल्म बक्स अफिसमा हिट भयो । फिल्मले ७५० करोड भारुको कारोबार गरेको थियो । साे फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन र श्रुति हसनलगायत अनुभवी कलाकारहरू थिए ।

प्रभासका फ्यानहरू यो फिल्मको सिक्वेल कहिले हलमा आउला भनेर कुरिरहेका छन् । यसैबिच फिल्म बन्द भएको हल्ला चल्न थालेको छ । ‘क्रियटिभ डिफरेन्स’ का कारण फिल्म बन्द हुन लागेको बताइएको थियो । निर्माताहरुले भने यो हल्ला झुटो भएको बताएका छन् । हालै उनीहरुले प्रभास र  निर्देशक निलको फोटो शेयर गरेका छन् ।

फोटोमा दुवैजना हासिरहेका देखिन्छन् । फोटोको क्याप्सनमा ‘नहाँसिरहन सक्दैनन्’ भनेर लेखिएको छ । सो पोस्टलाई फिल्म बन्द हुन लागेको अफवाह झुटो भएको प्रमाणको रूपमा हेरिएको छ । उक्त पोस्टलाई फिल्म ट्र्याकमै रहेको सङ्केतकाे रुपमा लिइएको छ ।  ।

कहाँबाट सुरु भएको थियो हल्ला ?

प्रशान्त यतिबेला जुनियर एनटीआरसँग आफ्नो अर्को फिल्म ‘एनटीआर ३१’ मा काम गरिरहेका छन् । यो फिल्मको छायाङ्कन अगस्टमा सुरु हुँदैछ । यो फिल्मका कारण प्रशान्तले ‘सालार २’ को निर्माणमा ध्यान दिन नसक्ने बताइएको थियो ।

’सलार’ मा प्रभासको साथमा पृथ्वीराज सुकुमारन, श्रुति हसन, श्रेया रेड्डी, मीनाक्षी चौधरी, जगपति बाबु लगायतका कलाकारहरू पनि थिए । ‘सालार २’ मा पहिलो भागका मुख्य कलाकारको पुनरागमनसँगै केही नयाँ पात्रहरू पनि देखिने बताइएको छ ।

Back to top