×

चक्रवाती आँधी रेमल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । रेमलको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ । 

यो पनि

नेपालमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव, कस्तो रहनेछ मौसम ?

नेपालमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव, कस्तो रहनेछ मौसम ?

बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो । यो आँधी बंगलादेश र पश्चिम बंगाल हुँदै गइरहेको छ । यही कारणले आइतबार दिउँसोदेखि अर्को २१ घण्टा पश्चिम बंगालका एयरपोर्टहरूमा उडानहरू रद्द गरिएको छ। 

 रेमलको प्रभाव नेपालमा पनि देख्न सकिन्छ । साथै, उत्तर बिहारका अधिकांश सहरहरूमा मानिसहरूले गर्मीबाट केही राहत पाउन सक्छन्। 

यो पनि

शक्तिशाली रेमल चक्रवातबारे मौसम विभागले भन्यो– ‘चार प्रदेशमा सतर्क  हुनु’

शक्तिशाली रेमल चक्रवातबारे मौसम विभागले भन्यो– ‘चार प्रदेशमा सतर्क हुनु’

भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमलको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्छ।

Back to top