×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) को जिम्मेवारी डा. एनामुल हकलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशौ तहका चिकित्सक डा. हकलाई मेसुमा नियुक्त गरेको हो । 

निमित्त मेसु डा. चित्तरन्जन साहलाई हटाएर मन्त्रालयले हकलाई मेसुमा नियुक्त गरेको हो । २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारीमा रहेका डा. साह पुनः वीर अस्पतालमा काजमा फिर्ता भएका छन् । 

आइतबार मन्त्रालयमा शााखा अधिकृत रामप्रसाद ओलीबाट मेसुको नियुक्ती पत्र बुझेको डाक्टर हकले जानकारी दिए । काठमाडौंबाट आइतबार साँझ सम्म वीरगञ्ज आइपुग्ने र सोमबारदेखि अस्पतालमा पुगेर पदभार ग्रहण गर्ने डा. हकको भनाई छ । डाक्टर हक यसअघि २०७५ सालमा पनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारीमा रहेका थिए । उनले त्यतिबेला करिब ११ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका थिए । 

उनको कार्यकाल सुखद भने बितेन । निमित्त मेसु हक आफै अस्पतालको साटो नजिकैको आफ्नो निजी क्लिनिकमा बस्ने गरेका थिए । अझ उनले त्यतिबेला २ बजेपछि निर्धक्कका साथ निजी संस्थामा काम गर्न पाउने गैरजिम्मेवारी पुर्ण दाबी समेत गरेका थिए । 

त्यतिबेला डा. हकमाथि व्यापक भ्रष्टाचार गरेको आरोप समेत लागेको थियो । यसअघिको कार्यकालमा उनले नारायणी अस्पतालको सुधारमा ध्यान नदिएको आरोप पनि उनीमाथि लागेको थियो । 

Back to top