×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय ऋतुराजले आफ्नै श्रीमतीमाथि हिंसा गरेको खबर यात्रा डेलीलाई प्राप्त भएको छ । 

राजकिशोर प्रसाद कलवारका छोरा ऋतुराजले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घर भई हाल भारत बिहार राज्यको पटनामा बस्ने एक युवतीसँग विवाह गरेका थिए ।

२६ माघ २०७५ सालमा ७५ लाख भारू दाइजोकोे रूपमा असूल गरी बाराको सिमरास्थित होटल इच्छामा भब्य रुपमा सम्पन्न भएको थियो । ५ बर्षअघि २०७५ माघ २६ गते सम्पन्न भएको बिहेकोे सम्पूर्ण खर्च पनि बेहुली पक्षले नै व्यहोरेको थियो ।

बिहे भएको केही महिना पछि नै उनीहरु भारतमै फर्किएर काम गर्न थाले । फर्किए लगत्तै नेपालमा व्यवसाय बढाउने बहानामा श्रीमतीसँग भएको ३० लाख रकम पनि मागे । श्रीमतीले पनि पतीलाई विश्वास गरेर दिइन् । रकम पाएपछि उनले माइती पक्षसँग अडी कारको माग गर्न थालेको पत्नीका बुबा कृष्णमोहन प्रसादले बताए । उनकाअनुसार ऋतुराजले कार पाउनुपर्ने जिद्धी गर्दै माइतीलाई दबाब र श्रीमतीलाई मानसिक तनाव दिन थालेको माइती पक्षले पर्सा जिल्ला अदालतमा दर्ता गराएको रिटमा उल्लेख गरिएको छ । 

उज्जवल कुमारी शाकाहारी हुन् । तर उनका पती ऋतुराजले जबरजस्ती माछा मासु पकाउन लगाए । पकाउनुसम्म उनले सहेपनि मासुसँगै मदिरा पिएर अत्याचार गर्न थालेपछि भने उनलाई असह्य भयो । श्रीमानलाई मात्रै पकाएर खुवाइनन्, उनका साथीहरुलाई पनि राती अबेरसम्म पकाएर खुवाइन् । पत्नीले सम्झाउँदा उल्टै हातपात तथा कुटपिट गरेको उनले रिटमा उल्लेख गरेकी छन् ।

पछि उनी मुम्बईको जागिर छोडेर वीरगञ्ज फर्किए । घर फर्किएपछि पती ऋतुराजले पत्नीलाई झनै ठूलो झड्का दिए । उनले पत्नीसँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराए । पर्सा जिल्ला अदालतले ऋतुराजको दावीलाई अस्विकार ग¥यो । जिल्ला अदालतको दावी नपुग्ने फैसलाविरुद्ध उनले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिए । 

ऋतुराजले पुनरावेदन दिएपछि पत्नी उज्जल कुमारीले आफुलाई घरभित्र पस्न नदिएको बिहे भएको घरबाट निकाला गरेको भन्दै अंशदर्ताको मुद्दा दायर गरिन् । तर यो अवस्था आउन सक्ने भन्दै ऋतुराजका परिवारले पहिलै खेल खेलीसकेको पाइयो । छोराको बिहे हुनु अघि नै अंशवण्डा गरेर ऋतुराजको नाममा सबैभन्दा थोरै जग्गा मात्रै दिइएको खुल्यो । 

बिहे गर्नु भन्दा अगाडि २३ बैशाख २०७५ मा राजकिशोरले आपसमा अंशबण्डा गरेको लिखत पारित गरी आपसी समझदारीमा भिन्दै बसेको भन्दै ऋतुराजकोे नाउँमा कमसल जग्गा भागमा पारीएको पछि अनुसन्धानको क्रममा पत्ता लाग्यो । २०७६ कात्तिक १५ गते मिलापत्र गरेको तथ्यले बाबुछोरा दुबैकोे नियत गलत भएको स्पष्ट हुन्छ । अदालतले पनि मिलापत्र बदर दर्ता हक कायमको फैसला गरेको थियो ।
 

Back to top