×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) लाई पर्सा जिल्लाको संयोजकको जिम्मेवारी दिइएको छ । 

रास्वपा मधेश प्रदेशका महामन्त्री तथा मधेश प्रदेश संगठन विभागका प्रमुख मनिष कुमार साहले पन्तलाई संयोजकको जिम्मेवारी दिएका हुन् । मधेश प्रदेश समिति, केन्द्रीय समिति, केन्द्रीय संगठन विभाग र पर्सा जिल्ला अन्र्तगत पर्ने सबै तहका समितिलाई बोदार्थ बनाइएको पत्रमा पन्तलाई संयोजकको जिम्मेवारी दिइएको हो । केन्द्रीय महामन्त्री मुकुल ढकाल, प्रदेश महामन्त्री मनिष साह, पर्सा जिल्लाका निवर्तमान संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी, प्रदेश सदस्य लगायतको उपस्थितीमा पन्तलाई जिम्मेवारी दिइएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान बमोजिम सम्बन्धित  जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उप–संयोजक निर्बाचित हुने गर्दछन् । 

जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पुर्ण निर्बाचित क्षेत्रीय पदाधिकारी , प्रतिनिधि र  गठित पालिका पदाधिकारी हरुको मतले प्रदेश सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यबस्था छ । यसै अनुरुप  उनी डेढ महिना अघि दुई तिहाइ भन्दा पनि बढी मतका साथ बिजयी भएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश संगठन विभागको निर्णय बमोजिम पन्तलाई आजको मितिबाट संयोजकको जिम्मेवादी दिइएको हो । पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमवाली एवम् कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न पनि सोही पत्रमार्फत आग्रह गरिएको छ । 

जिल्ला संयोजकको जिम्मेवारी दिइएकोमा खुशी व्यक्त गर्दै पन्तले कुशलतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यात्रा डेलीसँगको संवादमा उनले पर्सा जिल्लामा रास्वपालाई बलिायो बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् । संगठन बिस्तारलाई प्राथमिकता दिँदै पर्सा जिल्लाका १४ वटै स्थानमा तहमा जाने उनको योजना छ । साथै आगामी निर्वाचनमा पर्सा जिल्लामा रास्वपालाई जनताले विश्वास गर्ने वातावरणको निर्माण गर्ने पन्तले यात्रा डेलीसँग बताए । 

पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचीव र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पनि हुन् । उनी वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यकारिणी समितिमा सदस्यका साथै उद्योग बाणिज्य संघकै होटल पर्यटन समितिमा उप–संयोजक समेत छन् । 

यस अघि कुनै पनि राजनीतिक दलका सदस्यता समेत नलिएका उनी राजनीतीमा प्रवेश गरेको छोटो समयमै दुई तिहाइ भन्दा बढी मतका साथ प्रदेश सदस्यमा निर्बाचित भएर सर्बसम्मत रुपमा जिल्ला  संयोजक चुनिएका हुन् । 


 

Back to top