×

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले १० महिनामा २ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । 

चालु आर्थिक बर्षको साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरेर २ करोड १७ लाख १७ हजार ७५६ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २१ हजार ३ सय ५६ सवारी साधन कारबाहीमा परेका छन् ।

तीमध्ये सबै भन्दा बढी ८ हजार ७०१ ट्रक चालकलाई कारबाही गर्दा १ करोड २२ लाख ८७ हजार २ रुपैयाँ जरिवाना गरिएको खतिवडाले जानकारी दिए । 

९ हजार ७ सय ३४ मोटरसाइकल चालकलाई कारबाही गरी ६८ लाख ४ हजार ५१ रुपैयाँ र १ सय ७७ यात्रुबाहक बसका चालकलाई कारबाही गर्दा १ लाख ६७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १ हजार ७ सय २८ वटा हलुका सवारीसाधन (जीप, कार तथा भ्यान)का चालकबाट १५ लाख ८८ हजार ७०३ रुपैयाँ, ३ सय १० ट्याक्टर चालकबाट २ लाख ४७ हजार रुपैयाँ र ७ सय १३ टेम्पु–ईरिक्सा चालकबाट ५ लाख २२ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको खतिवडाले जानकारी दिए ।
 

Back to top