×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा निःशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ४ डकैला बहुअरीस्थित बहुदरमाई हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । 

ग्रामिण क्षेत्रका महिला र बृद्धबृद्धासँगै सर्वसाधारण नागरिकलाई लक्षित गर्दै निशुल्क परीक्षण गरिएको बहुदरमाई हेल्थ केयर एण्ड रिसर्च सेन्टरका सञ्चाक उपेन्द्र सिंह यादवले बताए । सञ्चालक यादवकाअनुसार बिहिवार एक सय जना भन्दा बढीले निःशूल्क रुपमा स्वास्थ्य परीक्षण गराएका छन् । 

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मञ्जु राय र जेनरल फिजिसियन डा. बिपुल शर्माले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । आवश्यक भएकालाई निशुल्क औषधी समेत वितरण गरिएको सञ्चालक यादवले जानकारी दिए । उनकाअनुसार ल्याब परीक्षण तथा युएसजी लगायतमा पनि २५ प्रतिशत छुट दिइएको थियो । 
 

Back to top