×

मुम्बई । बलिउड अभिनेता शाहरूख खान अहिले अस्पतालमा उपचाररत छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधवार बेलुका केडी अस्पताल भर्ना गरिएको थियो ।

अहिले उनको उपचार भइरहेको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरूखमा डिहाइड्रेसन समस्या देखिएको छ ।

शाहरूखको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन ।

यसैबिच एयरपोर्ट स्रोतका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि शाहरूख दिउँसो ३ बजे अहमदाबादबाट मुम्बई जान सक्नेछन् ।

शाहरूखलाई अस्पतालको प्रेसिडेन्सियल सुइटमा राखिएको छ । प्रेसिडेन्सियल सुइट जहाँ उनको उपचार भइरहेको छ । यहाँ बिरामीको परिवारलाई आराम गर्ने सुविधा पनि छ ।

Back to top