×

वीरगञ्ज । चक्रञ्जल परियारको ‘चौतारी’ सार्बजनिक भएको छ । सागर बास्तोलाको शब्दलाई संगीत र आवाज दिएर चक्रञ्जलले जिवन्त बनाएका छन् । 

गीतको भिडियोमा पनि चक्रञ्जलकै अभिनय छ । चक्रञ्जलसँगै करु उखिराले पनि भिडियोमा अभिनय गरेकी छन् । म्युजिक भिडियोमा चक्रञ्जल र करुको जोडीलाई दर्शकले पनि रुचाएका छन् । 

यही जोडीले यसअघि ‘तिमी आयो जिन्दगीमा, दुःखै सहुँला, तिमी र म एक हुँदा, मलमल चोलीले, लैजाउ साथैमा, पानी कुवाको, तिमी बिना, सजाए’ लगायतका म्युजिक भिडियोमा गरेको अभिनयलाई पनि दर्शकले रुचाएका छन् । 

गायन, संगीत, अभिनयसँगै निर्देशनमा पनि चक्रञ्जल चल्दै गएका छन् । चौतारीको म्युजिक भिडियोलाई उनैले निर्देशन गरेका छन् । दुर्गा श्रेष्ठले छायांकन गरेको भिडियोको इडिट र कलर ग्रेडिंग मिलन विश्वकर्माले गरेका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

चक्रञ्जलले यसअघि अञ्जु पन्तसँगै समिक्षा अधिकारी, प्रबिशा अधिकारी, मेलिना राई लगायतसँग पनि युगल गीत गाइसकेका छन् । ‘सुनको गजुर’ चक्रञ्जलको सबैभन्दा धेरै रुचाइएको गीत हो । 


 

Back to top