×

बलिउडको ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा अभिनेत्री विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन् । कट्रिनाले ओभर साइजको कपडा लगाएकी छिन् । भिडियो हेरेर कट्रिना कैफका फ्यानहरुले उनी गर्भवती भएको अनुमान गर्न थालेका छन् ।

कौशल दम्पती यतिबेला लन्डनमा समय बिताइरहेका छन् । कौशलको आगामी फिल्म ‘सिंघम ३’को भारतमा सुटिङ भइरहेको छ । यसैबिच विक्की अचानक श्रीमतीको साथमा लन्डनमा देखिए ।

कट्रिना कैफ र विक्की कौशललाई सार्वजनिक स्थलमा कमै देखिन्छ । यस्तोमा लन्डनको व्यस्त सडकमा कौशल दम्पति हिँडेको भिडियो भाइरल भइरहेको हो । भिडियोमा कट्रिना हिँडिरहँदा विक्कीले उनलाई हिँड्न सहयोग गरिरहेको जस्तो देखिन्छ । कट्रिना विक्कीको हात समातेर हिँडिरहेकी छिन् । ओभर साइजको कोटले उनले पेट छोप्न खोजेकी जस्तो देखिएको छ । भिडियो हेरेर फ्यानहरूले विक्की र कट्रिनाको घरमा छिट्टै ‘गुड न्यूज’ आउन लागेको अड्कल गरिरहेका छन् ।

कट्रिना र विक्कीले सन् २०२१ को डिसेम्बर ९ मा राजस्थानमा विवाह गरेका थिए । कामको कुरा गर्ने हो भने कट्रिना कैफ छिट्टै सत्ते पे सत्ताको रिमेक र कार्तिक आर्यनको फिल्म चन्दु च्याम्पियनमा देखिदैंछिन् । विक्की कौशल ब्याड न्यूज, तख्त, मिस्टर लेले, सारे जहाँ से अच्छाको सुटिङमा व्यस्त छन् ।

Back to top