×

वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विश्व अलराउन्डर वरीयतामा १ स्थान सुधार गरेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२० आई अलराउन्डर वरीयतामा उक्त सुधारसँगै दीपेन्द्र १०औँ स्थानमा छन् । 

पहिलो स्थानमा बंगलादेशका शकिव अल हसन (२२८), दोस्रोमा श्रीलंकाका वनिन्दु हसरंगा छन् । उनको रेटिङ पनि २२८ नै छ । तेस्रोमा अफगानिस्तानका महम्मद नाबी (२१८), चौथोमा जिम्बाब्वेका सिकन्दर राजा (२१०), पाँचौँमा दक्षिण अफ्रिकाका आइदेन मार्क¥याम (२०५), छैठौँमा अस्ट्रेलियाका मार्कस स्टोइनिस (२०४), सातौँमा भारतका हार्दिक पाण्ड्या (१८५), आठौँमा इंग्ल्यान्डका लायम लिभिङस्टोन (१७५) र नवौँमा इंग्ल्यान्डकै मोइन अली (१७३) छन् ।  

दशौँ स्थानमा रहेका दीपेन्द्रले १६९ रेटिङ पाएका छन् । 

एक दिवसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ शेख ७५औँ स्थानमा छन्। उनको १ स्थान खस्केको छ । त्यसैगरी कुशल भुर्तेल ७८औँ स्थानमा छन्। उनको २ स्थान खस्किएको छ । यता रोहित पौडेलले भने एक स्थान सुधार गरेर ९३औँ स्थानमा छन् ।

टी२०आई ब्याटिङ वरीयतामा दीपेन्द्र ५०औँ स्थानमा रहँदा रोहित ६१औँ, आसिफ शेख ८७औँ स्थानमा छन् । 

Back to top