×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै खतरामा परेको मधेश प्रदेशको सरकार बनाउन खिचातानी भइरहेको छ । मधेश प्रदेशको सरकार बनाउन अहिले दुई खाले सत्ता समिकरण मिलाउन दलहरुबीच तीब्र रुपमा खिचातानी भइरहेको छ । 

दश दलको प्रतिनिधित्व रहेको मधेश प्रदेशमा १०७ जना प्रदेश सभा सदस्य छन् । जसमध्ये सरकार बनाउन न्यूनतम ५४ जना सांसदको समर्थन चाहिन्छ । नेकपा एमालेका २५, माओवादी केन्द्रका ९, जनमतका १३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ जना मिलेर ५५ सांसद पुग्छन् । 

यो समिकरणबाट पनि मधेश प्रदेश सरकार बनाउन सकिन्छ भने जनमत र लोसपालाई गठबन्धनमा राखी नेपाली कांग्रेस, जसपा र नेकपा एकिकृत समाजवादी मिलेर अर्काे गठबन्धन बनाउने प्रयास पनि भइरहेको छ । यदि यो गठबन्धन भएमा कांग्रेसका २२, जसपाका १९, जनमतका १३, लोसपाका ८ र नेकपा एसका ६ जना गरी ६८ सांसद पुग्छन् । 

राप्रपा, नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको संघीय समाजवादी पार्टीका १÷१ जना सांसद भने सत्ता हेरफेरमा मौन छन् । 
 

Back to top