×

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्‍याएर बोल्न नेपाली काँग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।

पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याउनको लागि काँग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् ।

उनले भने, ‘जहाँसम्म गिरिबन्धु टी स्टेटको कुरा छ, नेपाली काँग्रेसले एकपल्ट ५१ बिगाहा, एक पटक १९ बिगाहा कमिसन खाएर सट्टा पटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टी स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौँ । काँग्रेसका धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले काँग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरू नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो सर्त रहेको बताए ।

ओलीले अब काँग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले काँग्रेस कराइरहने र आफूहरू सुनिरहने स्थिति नरहने जिकिर गर्दै भने, ‘नेपाली काँग्रेसले बकवास बोलिरहने हामी सुनिरहने होइन । अब बकवास सुनिरहन हामी तयार छैनौँ ।’ 

अब संसद्मा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने भन्दै उनले बोल्न नपाए एमाले बोल्ने दाबी गरे ।

Back to top