×

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह ।

वीरगञ्ज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न समिति गठन गरेको छ। 

सङ्घले आफूअन्तर्गत गठित विभिन्न समितिका संयोजक तथा सदस्यको नामावली सार्वजनिक गरेको छ।  

जसअनुसार प्रतियोगिता समितिमा दिवाकर घले, विकास समितिमा धीरेन्द्र सावद, प्राविधिक समितिमा विक्रम विष्ट, अनुशासन समितिमा सुदीप शर्मा र महिला क्रिकेट विकास समितिमा प्रदीप मजगैंया संयोजक तोकिएका छन् ।

विकास समितिको सदस्यमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह पनि मनोनीत भएका छन् । त्यस्तै प्रतियोगिता समितिको सदस्यमा पर्साका मोहम्मद दाउद अन्सारी मनोनीत भएका छन् ।

सिंहले पर्सा क्रिकेट सङ्घको जिम्मेवारी सम्हालेदेखि जिल्लामा क्रिकेट सम्बन्धी गतिविधिहरू बढ्नुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेल परीक्षण लगायतका कार्यक्रमहरू समेत आयोजना हुन लागेका छन् ।

Back to top