×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (मङ्गलवार) सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार तेजाबी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । चाँदी ५ रुपैयाँले बढेको हो ।

Back to top