×

तपाईंलाई लाग्न सक्छ भित्र लगाउने लुगा पनि किन आइरन गर्नुपर्छ ? तर, यसो गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । यसका फाइदा बारे जान्नुभयो भने तपाईं पनि अन्डरगारमेन्ट्स आइरन गरेर लगाउनुहुनेछ । जानौं यसका फाइदा बारे –

  • अन्डरगारमेन्ट्सलाई प्रेस गरेर लगाउँदा यसमा भएका ब्याक्टेरिया मर्छन् । यसले ब्याक्टेरियल इन्फेक्शन हुने खतरा कम हुन्छ ।
  •  
  • यदि तपाईं फंगल संक्रमणबाट जुधिरहनु भएको छ भने अन्डरगारमेन्ट्स लगाउनु अघि आइरन अवश्य गर्नुहोस् । यसले त्यहाँ रहेका किटाणु मर्नेछन् जसले गर्दा युटिआईको खतरा पनि कम हुन्छ ।
  •  
  • एक अध्ययनअनुसार अन्डरवेयरहरु सफा भएपछि पनि १० हजार भन्दा धेरै जीवित ब्याक्टेरिया हुन सक्छन् । यस्तोमा त्यसलाई आइरन गर्नु एकदमै फाइदाजनक हुन्छ ।
  •  
  • केही ब्याक्टेरिया ६० डिग्री सेल्सियस तापक्रममा पनि जीवित रहन सक्छन् । जो अन्डरवेयरमार्फत् सिधै यौनाङ्गमा पुग्छन् र संक्रमण फैलाउन सक्छन् । आइरन गर्दा आउने तातोले ती किटाणु नष्ट हुन्छन् ।
  •  
  • अन्डरवेयर धोएपछि घाम आउने स्थानमा वा उज्यालो ठाउँमा नै सुकाउने गर्नुहोस् । कतिपयको लुकाएर सुकाउने बानी हुन्छ जसले गर्दा त्यहाँ भएका किटाणु राम्रोसँग मर्न पाउँदैनन् । यसले संक्रमण फैलाउँछ ।
Back to top