×

दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म कल्कि २९८९ एडी यो वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो । यो फिल्म हलमा कहिले हेर्न पाइएला भनेर फ्यानहरू उत्सुकताका साथ कुरिरहेका छन् । 

फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिँदैछिन् । फिल्मलाई यही वर्षको जुन २७ मा हलमा रिलिज गर्ने तयारी मेकरहरुले गरिरहेका छन् । अभिनेत्रीले आफ्नो आगामी फिल्म कल्की २८९८ एडीको डबिङ पूरा गरेकी छिन् ।

दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन् । यसअघि उनी आफ्नो सबै काम पूरा गर्दैछिन् । यस्तो अवस्थामा अभिनेत्रीले हालै चलचित्र ‘कल्कि २८९८ एडी’ को हिन्दी र कन्नड भाषामा डबिङ पूरा गरेकी छिन् । यो फिल्म धेरै भाषामा रिलिज हुँदैछ ।

‘कल्कि २८९८ एडी’ साइन्स फिक्शन फिल्म हो । मल्टिस्टारर यस फिल्ममा अमिताभ बच्चन, कमल हासन, प्रभास, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा छन् । यो फिल्म यही वर्ष जुन २७ मा हलमा रिलिज हुँदैछ । निर्माण पक्षले छिट्टै चलचित्रको प्रचारप्रसार सुरु गर्दैछन् ।

मिडिया रिपोर्टका अनुसार गर्भवती भए पनि दीपिका फिल्मको प्रचार प्रसारमा सहभागी हुनेछिन् । उनले अन्तरवार्तामार्फत फिल्मको प्रचार गर्नेछिन् ।

फिल्म मेकरहरूले फिल्मको प्रमोसनका लागि उनलाई केही दिनको समय दिएको बताइएको छ । चलचित्र हिन्दी संस्करणको प्रमोसनका लागि छुट्टै योजना बनाइएको चर्चा छ । यसका लागि छिट्टै मुम्बईमा प्रचारप्रसार गरिने भएको छ ।

Back to top