×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार तोजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

Back to top