×

वीरगञ्ज । सेवाग्राहीसँग घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका बाराको जितपुर सिमरा उपमहानगरपालिका – ३ वडाध्यक्ष तारा बहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

२०८० साल पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । वडाध्यक्ष कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राईको इजलासले बिहीबार वडाध्यक्ष कार्कीलाई दोषी ठहर गरेको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Back to top