×

वीरगञ्ज । सीमावर्ती शहर रक्सौलस्थित क्याम्ब्रिज पब्लिक स्कुलको गेटमा अन्धाधुन्ध फायरिंग गर्ने कुणाल सिंहलाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात अपराधी कुणाल सिंहलाई जिल्ला एवम् सत्र न्यायाधीश देवराज त्रिपाठीले  अत्याधुनिक हतियार बरामद सम्बन्धी कसूरमा आजीवन कारावासको सजाय सुनाएका हुन् । 

साथै ४२ हजार भारतीय रुपैयाँ जरिवाना पनि सुनाइएको छ । कुणालसिंह विरुद्ध २१ वटा अपािरधक कार्यमा संलग्न भएको आरोप भएपनि आधा दर्जन बढी अपराधिक गतिविधिमा दोषि ठहर गर्दै न्यायलयले सजाय सुनाएको हो । 

ए एस पी नेतृत्वको टोलीले हतियारसहित भेटघाट हुने गोप्य सूचनाको आधारमा छापामार गरी कुणाल कुमार सिंहलाई पक्राउ गरेको थियो । साथै उनका अन्य साथीहरु भने फरार भएका थिए । सिंहको साथबाट प्रहरीले ९ एमएमको लोडेड पिस्तोल, ९ एम एमको २ वटा म्याग्जिन र ९ एम एम कै २० वटा कार्तस, मोबाइल, वाकीटाकी बरामद गरिएको थियो । 

साथै घरमै कम्बलले छोपिएको झोलाभित्रबाट ए के ४७ रायफल पनि बरामद भएको थियो । जसमा २५ गोली म्याग्जिन पनि थियो । त्यस्तै एक थान बुलेट मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

एनले सन् २०१७ जुलाई ३ मा रक्सौलको क्याम्ब्रिज पब्लिक स्कुलको गेटमा अन्धाधुन्ध फायरिंग गरेर विद्यार्थीसँगै नागरिकलाई त्रसित बनाएका थिए । 
 

Back to top