×

वीरगञ्ज । वीरगञ्जमा बीवाइडी एक्सचेञ्ज क्याम्पको आयोजना हुँदै छ ।

वीरगञ्जका लागि बीवाइडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्स प्राइवेट लिमिटेडले यही वैशाख २८ र २९ गते (भोली शुक्रवार र शनिवार) वीरगञ्जमा एक्सचेञ्ज क्याम्पको आयोजना गर्न लागेको हो । 

प्यासेन्जर भेहिकलका लागि वीरगञ्जमै एक्सचेञ्ज क्याम्पको आयोजना गरिएको नीरज अटोमोवाइल्स प्रालीका सञ्चालक आकाश सर्राफले बताए ।

सर्राफका अनुसार एक्सचेन्ज क्याम्पमा सहभागी भई आफूले प्रयोग गरिरहेको कुनै पनि कम्पनीको प्यासेन्जर भेहिकलसँग नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडी बीवाइडीसँग एक्सचेञ्ज गर्न सकिनेछ । 

एक्सचेञ्ज क्याम्पकै अवसरमा जुनसुकै ब्रान्डका गाडीसँग बीवाइडीका गाडी एक्सचेञ्ज गर्दा आकर्षक मूल्याङ्कन प्राप्त गर्न सकिनेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीका अर्का सञ्चालक गौरव अग्रवालले बताए । 

क्याम्पमा फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, प्रत्येक गाडीको मूल्याङ्कन र टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आकर्षणहरू रहेको अग्रवालले जानकारी दिए ।

Back to top