×

वीरगञ्ज । प्रहरीले मापदण्ड विपरित संचालित ३ वटा औषधी पसलमा सिल गरेको छ । जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ११ हरिवन बजार र वडा नम्बर ९ नयाँरोडमा संचालित औषधी पसलहरुमा सिल गरेको हो ।

प्रहरीले न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र नयाँरोड सिटि हेल्थकेयर हस्पिटल प्रालिमा सिलबन्दी गरेको प्रहरीले जनाएको छ । उक्त पसलहरुमा मापदण्ड विपरितका औषधीहरुको विक्री वितरण भईरहेको सूचना प्रहरीलाई आएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली र औषधि ब्यवस्था विभाग शाखा वीरगञ्ज, पर्साका प्रतिनिधी समेतको संयुक्त टोलीले चेकजाँच गरेको मधेश प्रदेश प्रहरी कार्यालयले बताए।

जाँचको क्रममा पसलहरुबाट म्याद नाघेका तथा निषेधित औषधीहरु बरामद भएकोले सिल गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहोराले बताए ।

उक्त पसलहरुबाट क्लोनाज 0.२५, ओटिसिन, ट्रेसडोल, लोरी, डोलोमस्ट-एमआर, रबिरोज-डिएसआर,एसीक्लोटलाम-एसपी, स्पास्मो लगायतका औषधीहरु बरामद भएको उनले बताए ।

Back to top