×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरीरहेको छ । 

नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गरेको छ । 

नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह आएका छन् । 

सागर ढकालले गरेको बलींगमा रोहितले एउटा हातले अविश्वसनीय क्याच गरेर पहिलो विकेट लिएका छन् । 

विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् ।

सिरिज वेस्ट इन्डिजले ३–१ ले अघि रहँदै उपाधि जितिसकेको छ ।

Back to top