×

वीरगञ्ज । जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा नेपाली र भारतीय व्यापारीबीच सहकार्य गर्नुपर्नेमा नेपाल भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले जोड दिएकी छन् ।

नेपाल लगानी बोर्ड र नेपाल भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाण्डौस्थि तभारतीय राजदूतावासले आयोजना गरेको ‘पोस्ट इनभेष्मेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ लाई सम्बोधन गर्दै अध्यक्ष राणाले अथाह सम्भावना भएर पनि सहकार्य र समन्वय बिना अपेक्षित काम गर्न नसकेको स्विकार गरिन् । 

पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले सह्राना गरे । भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । 

भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्नका लागि लगानी बोर्डका उपसविच रमेश अधिकारीले आग्रह गरे । नेपालमा लगानीका लागि प्रशस्त सम्भावनाहरु भएको बताउँदै उनले भारतीय लगानीकर्तालाई लगानीका लागि सहज वातावरण निर्माणमा सरकार सकारात्मक रहेको पनि उनले बताए । 

बीटूबी बैठककै अवसरमा नेपाल भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । साथै नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनअघि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि पनि भारतीय प्रतिनीधिलाई प्रदान गरिएको थियो । 
 

Back to top