×

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुरमा आगलागी हुँदा ४ वटा घर जलेका छन् । 

स्थानिय रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानको फुसको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम कुमार साहले जानकारी दिए । 
उनकाअनुसार आगलागीमा घर भित्र रहेको धान, चामल, गहुँ, दाल, भाँडाबर्तन, लत्ता कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २७ लाख बराबरको क्षति भएको पिडितले बताएका छन् । 

विद्युतीय तार सर्किट भएर लागेको आगो पोखरिया नगरपालिकाबाट पुगेको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 

Back to top