×

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले शंकास्पद रुपमा पैदल हिँडीरहेको अवस्थामा खानतलासी गर्दा एक लाख २३ हजार रकमसहित दुई जनालाइ पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

थापाकाअनुसार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ४० वर्षीय हलिमा खातुन र भारत विहार पश्चिम चम्पारण बेतिया भावल पञ्चायन बस्ने ३० वर्षीय क्यामुदिन मियाँ पक्राउ परेका हुन् । 

क्यामुदिनको साथबाट नेपाली नक्कली एक हजार दरको नोट एक थान र हलिमाको साथबाट नक्कली नेपाली एक हजार दरको १२२ थान नोट बरामद गरिएको डिएसपी थापाले बताए । दुवैजनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताए । 
 

Back to top