×

फाइल तस्बिर ।

वीरगञ्ज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल छिमेकी देश भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

नेपालको तेस्रो लगानी सम्मेलनमा बोल्दै श्रीवास्तवले यस्तो बताएका हुन् ।  काठमाडौँमा आइतबारबाट सुरु भएको लगानी सम्मेलनमा भारतबाट १ सय ६५ लगानीकर्ताहरू सहभागी छन् ।

भारतीय राजदूत श्रीवास्तवले नेपालमा पूर्वाधारदेखि मोबाइल प्रविधिलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारत तयार रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल र भरतको सम्बन्ध धेरै पहिले देखिको हो । हाम्रो प्रधानमन्त्री मोदीको समेत छिमेकी नेपाल हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । नेपालमा हामी पूर्वाधारदेखि मोबाइल प्रविधि लगायतमा क्षेत्रमा सहकार्य गर्न तयार छौ । नेपालले केही वर्षदेखि जलविद्युत क्षेत्रमा रहेको छ । जलविद्युत केही मात्रामा निर्यात गर्दै छ । हामीले नेपाल भारत बङ्गलादेश समेतमा जलविद्युत व्यापारको त्रिपक्षीय सम्झौता समेत गरिसकेका छौँ । जसबाट नेपाल दक्षिणी एसियाकै ग्रिन ईनर्जीको हब बन्दै छ। नेपालमा आउने पर्यटनका रुपामा २०५ भन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हामी त्यस क्षेत्रमा समेत लगानीका लागि सहकार्य गर्न तयार छौ ।’

लगानी सम्मेलनमा बोल्दै श्रीवास्तवले जलविद्युत र पर्यटनको क्षेत्रमा पनि सहकार्य गर्न भारत तयार नै रहेको बताए ।

Back to top