×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित चिनी कारखाना अगाडिको नालामा एक अज्ञात पुरुषको शव भेटिएको ।

अन्दाजी ५०-५५ वर्ष उमेर रहेको पुरुषको शव नालामा घोप्टो परेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्गलवार दिउँसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली त्यहाँ खटाइएको छ ।

पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

थप विवरण आउन बाँकी ।

Back to top