×

वीरगञ्ज । वीरगञ्जमा मंगलबार नेशनल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ७ महिलासहित ३२ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

आर्जु देवकोटा, वर्षा शाक्य, रविता पटेल, गीता पौडेल, मनिला सिंह, राकेश उपाध्याय, अनुज कार्की, मदन पटेल, अशोक पौडेल, अफरोज हुसेन, सन्दिप राउत, जाहेद अली, रन्जित यादव लगायतले रक्तदान गरेका छन् ।

दोस्रो पटक रक्तदान गरेको बताउँदै आर्जु देवकोटाले अरुलाई पनि रक्तदान गर्न आग्रह गरिन् । उनले भनीन्, ‘पहिला मलाई रक्तदान गर्दा कमजोर भइन्छ भन्ने लाग्थ्यो, तर मैले दुई पटक रक्तदान गरीसके । त्यस्तो केही भएको छैन ।’ 

संस्थाका अध्यक्ष डिल्लीबिक्रम कार्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय कुमार महतो, सिएमसी क्लबका अध्यक्ष रविभुषण श्रीवास्तव, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका महासचिव जिष्णु बराल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको संस्थाका सचिव गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिए ।
 

Back to top