×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ५ रुपैयाँ कायम रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३०५ डलर र चाँदी प्रतिऔंस २६.९८ डलरमा कारोबार भइरहेको छ ।

Back to top