×

वीरगञ्ज । भगवान् श्री हनुमानको जन्मोत्सव अर्थात् हनुमान जयन्तीको अवसरमा वीरगञ्जको घडिअर्वास्थित ब्रह्मबाबा मन्दिरमा विशेष पूजाको आयोजना गरिएको छ ।

वीरगञ्ज महानगरपालिका – १० घडिअर्वा स्थित मन्दिरमा हनुमान जयन्तीको अवसरमा पूजा गर्ने श्रद्धालुहरूको बिहानैदेखि भिड लागेको छ ।

स्थानीय घडिअर्वा वासीले जयन्तीलाई विशेष बनाउन बिहान ११ बजेदेखि हनुमान आराधनाको समेत आयोजना गरेका छन् । तस्तै साँझ ७ बजेदेखि झाँकीको पनि आयोजना गरिएको छ ।

झाँकी पश्चात् महा प्रसाद वितरण समेत हुने पूजा समितिका गौरीशङ्कर साह कानुले जानकारी दिए । कानुले हनुमान आराधना, झाँकी र महा प्रसाद वितरणमा बढी भन्दा बढी सङ्ख्यामा सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।

Back to top