×

नेपालगञ्ज । पाँच महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आयपछि राष्ट्रिय एकता अभियानले नेपालगञ्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा हत्यारालाई कारबाहीको माग गरिएको छ ।

अध्यक्ष यादव गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुतामाथि प्रहार गरेको बताउँदै जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाहीको माग गरेका छन् ।

यादवले हिन्दु समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकोले घटनालाई देशै भरी जारी जिहादको एक अङ्गका रूपमा रहेको समेत दाबी गर्दै जिल्ला प्रशासन कार्यालय पुगी अपराधीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियारद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत राष्ट्रिय एकता अभियानले नेपालको हिन्दु भावनामाथि बारम्बार भइरहेको जिहादी हमला सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।  

नेपालगञ्ज – १४ आज पाँच महिनाकी गर्भवती गाईको हत्या भएको खबर आएको थियो । गौ हत्याको कार्यले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने मात्र नभएर धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार गरेको अभियानको ठहर छ ।

Back to top