×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । पर्साको हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहारको पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारु रहेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका–४ हुलाकी सडकमा वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आइतबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक थारु गम्भीर घाइते भएका थिए ।

घाइते थारुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको उनले बताए ।

Back to top