×

वीरगञ्ज । नव गायक सौरभ खतिवडाको आवाजमा ‘बिपनीमा भेटौँ भन्थे’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ । 

गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ । भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेले अभिनय गरेका छन् ।  

गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन् । अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा छायांकन भएको गीतको भिडियो निकै आकर्षित बनेको छ । 

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका बिभुति बन्जाडेले यहि म्युजिक भिडियोबाट निर्देशनमा हात हालेका हुन् । सार्वजनिक गीत सौम्य सिने क्रिएसन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहा क्लिक गर्नसहोस् ।

Back to top