×

वीरगञ्ज । हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज ६३ लाख ९३ हजार कित्ता शेयर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Back to top