×

वीरगञ्ज । वीरगञ्जको रानीघाटमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दुर्गापूजा सेवा समितिद्वारा आयोजीत कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् । शतिषसिंह राजपूत, डाक्टर वासु कर्ण, नीरज गुप्ता, निरन्जन कानु, प्रमोद गुप्ता, राज सर्राफ, श्याम गुप्ता, राहुल ओझैया, मनिष सर्राफ, चन्दन सिंह, प्रिन्स कलवार लगायतले रक्तदान गरेका हुन् । 

हरेक वर्ष समितिले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै दुर्गापूजा सेवा समितिले २१ औँ पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

दुर्गा पुजा सेवा समितिका अध्यक्ष शतीष सिंह राजपूतको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा दुर्गा पूजा सेवा समिति रानीघाटका संस्थापक अध्यक्ष अजय पौडेल, गोपाल प्रसाद रौनियार, राजु गुप, छोटेलाल सर्राफ, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे लगायतको उपस्थिती रहेको थियो । 

Back to top