×

वीरगञ्ज । नेपालका सन्दिप जोराले अर्धशतक पूरा गरेका छन् । एसीसी प्रिमियर कपअन्र्तगत युएई विरुद्ध भइरहेको पहिलो सेमिफाइनल खेलमा जोराले अर्धशतक पूरा गरेका हुन् । 

उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए । उनी अर्धशतक पूरा गरेर आउट भए । मोहम्मद फारुकको बलमा जोरालाई मोहम्मद वासिनले क्याच आउट गराएका हुन् । 

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

Back to top