×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड २० लाख बराबरको कपडा बरामद गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित पमपम बिल्डिंग (तुल्स्यान मार्केट) मा कोठा भाडामा लिई भन्डारण गरिएको सूचनाको आधारमा छापामारी गर्ने क्रममा कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

भन्सार छलेर अवैध रुपमा भारतबाट चोरी पैठारी गरेर भण्डारण गरिएको विभिन्न ब्राण्डका सर्टिङ् सुर्टिङ् तथा सर्ट पाइन्टका कपडाहरु बरामद गरिएको डिएसपी थापाले बताए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय रामएकवाल कुशवाहाको गोदामबाट ४० लाख मूल्य बराबरको कपडा बरामद गरिएको छ भने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ताको गोदामबाट ८० लाख बराबरको कपडा बरामद भएको छ । 
 

Back to top