×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुँदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो ।

यो जितपछि दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क रहेको छ । त्यसै गरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क नै छ र अङ्क तालिकामा सातौँ स्थानमा रहेको छन् ।

Back to top