×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आइपिएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए ।

यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौँ जितसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको १२ अङ्क छ । अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय बेहोरे पनि कोलकाता ८ अङ्कसहित दोस्रो स्थानमा छ ।

Back to top