×

फाइल तस्बिर ।

वीरगञ्ज । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुङ्गा पार गरेका हुन् ।

यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ४० रन बनाएर आउट भए । 

सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो । २२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँच वटा अर्ध शतक पनि प्रहार गरेका छन् ।

Back to top